Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकहरुको आन्दोलनमा गगनको समर्थन, विधेयक सच्याउन माग

शिक्षकहरुको आन्दोलनमा गगनको समर्थन, विधेयक सच्याउन माग

  • शुक्रवार, आश्विन ५ २०८०

  • 360
    SHARES

  • शिक्षकहरुको आन्दोलनमा गगनको समर्थन, विधेयक सच्याउन माग

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउँदै शिक्षकहरुको आन्दोलनमा समर्थ जनाउनु भयो।

    उहाँले शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसद्बाट सच्याएर मात्रै पारित हुने बताउनु भयो। अहिले बनाउने कानुनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्नेमा थापाको जोड थियो। विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनु भयो ।

    महामन्त्री थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने उल्लेख गर्दै शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके शिक्षालाई नै उकास्न नसकिने तर्क गर्नुभयो।

    सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।


    शुक्रवार, आश्विन ५ २०८००३:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij