Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महिलाका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्न डा संग्रौलाको माग

महिलाका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्न डा संग्रौलाको माग

  • शुक्रवार, आश्विन ५ २०८०

  • 483
    SHARES

  • महिलाका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्न डा संग्रौलाको माग
    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले संसद्मा प्रत्यक्ष तर्फबाट निर्वाचित महिलाको संख्या बढाउनका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ । हिजोदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा आज बोल्दै उहाँले महिलालाई प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउँदा महिलाको योग्यता र क्षमता पनि जनताले देख्ने उल्लेख गर्नुभयो । 
     
    उहाँले महिलाहरूलाई समानुपातिक तर्फबाट मात्र सांसद बनाउँदा महिलाहरूले प्रत्यक्षमा प्रतिस्पर्धा गर्न नचाहेको भन्ने गलत सन्देश गएको बताउनुभयो ।
     
    पूर्व सांसद समेत रहनु भएकी डा संग्रौलाले निर्वाचन प्रणालीको सुधार गर्ने बहस चलिरहेका बेला महिलाको मुद्दालाई कांग्रेसले विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    शिक्षकहरूको मागलाई विश्लेषण गरेर सम्बोधनका उपायहरू अवलम्बन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नु पर्ने उहाँको भनाई थियो । लाखौँ विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परिरहेकाले यस विषयमा चाडै समाधान निकाल्न पार्टीले योगदान गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


    शुक्रवार, आश्विन ५ २०८००३:२३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij