Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बैठकमा पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

कांग्रेस बैठकमा पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

  • शुक्रवार, आश्विन ५ २०८०

  • 711
    SHARES

  • कांग्रेस बैठकमा पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको प्रस्ताव गरिएको छ। यतिबेला विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले यस्तो प्रस्ताव गरेका हुन्।

    बैठकमा नेता गोपाल दहितले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने भन्दै पार्टीसम्बद्ध शिक्षक संघहरु खारेज गर्नुपर्ने बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नुभएको छ। उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ। पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन।’

    नेपाली कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन्। कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजी नै गर्नुपर्ने प्रस्ताव राख्नु भएको हो।


    शुक्रवार, आश्विन ५ २०८००३:०५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij