Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शिक्षकहरूका जायज मागप्रति कांग्रेस नेता खड्काको ऐक्यबद्धता, सम्बोधन गर्न जोडदार माग

शिक्षकहरूका जायज मागप्रति कांग्रेस नेता खड्काको ऐक्यबद्धता, सम्बोधन गर्न जोडदार माग

  • शुक्रवार, आश्विन ५ २०८०

  • 842
    SHARES

  • शिक्षकहरूका जायज मागप्रति कांग्रेस नेता खड्काको ऐक्यबद्धता, सम्बोधन गर्न जोडदार माग
    काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दीपक खड्काले शिक्षकहरूले उठाएका जायज मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ।
     
    उहाँले शान्तिपूर्ण रुपमा वार्ताको माध्यमबाट शिक्षक तथा कर्मचारीका मागहरू सम्बोधन गर्नका लागि सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्नुभएको छ।
     
    खड्काले आज विज्ञप्ति जारी गरी देशैभरका विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा उत्रिएकाले ५४ लाख बालबालिकाको शैक्षिक भविष्य प्रभावित भएको भन्दै यथाशीघ्र समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
     
    उहाँले विद्यालय पवित्र मन्दिर भएको र जहाँबाट भविष्यमा मुलुक सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादनको प्रारम्भ हुने भएकाले विद्यालय जस्तो संवेदनशील क्षेत्र आन्दोलित हुनुपर्ने परिस्थिति कसरी सृजना भयो भनी प्रश्न गर्नुभएको छ ।
     
    शिक्षकहरूको आन्दोलन यो स्वरूपसम्म आइपुग्दा पनि सरकारको ध्यान किन जान सकेन भन्दै आम सरोकारका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गर्नुभएको छ।
     
    कांग्रेस नेता खड्काले शिक्षकहरूले उठाएका जायज मागप्रति ऐक्यबद्धता जनाउँदै मागहरू सम्बोधन गरी यथाशीघ्र विद्यालय सञ्चालन गर्न विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएको छ ।
     
    deepak khadka.png


    शुक्रवार, आश्विन ५ २०८००१:४०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij