Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारले शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्छ : एमाले

सरकारले शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्छ : एमाले

  • बिहिवार, आश्विन ४ २०८०

  • 616
    SHARES

  • सरकारले शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्छ : एमाले

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। एमालेले आज सरकारलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

    एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो।

    सचेतक बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताउनु भयो। उहाँले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिनुभयो।


    बिहिवार, आश्विन ४ २०८००५:४१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij