Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आन्दोलरत शिक्षकसँग वार्ता गर्ने जिम्मेवारी गृहमन्त्रीलाई

आन्दोलरत शिक्षकसँग वार्ता गर्ने जिम्मेवारी गृहमन्त्रीलाई

  • बिहिवार, आश्विन ४ २०८०

  • 799
    SHARES

  • आन्दोलरत शिक्षकसँग वार्ता गर्ने जिम्मेवारी गृहमन्त्रीलाई

    काठमाडौं।आन्दोलरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिइर्एको छ। सरकारको तर्फबाट आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मेवारी गृहमन्त्री श्रेष्ठलाई दिइएको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनु भएको छ ।

    आज जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै उहाँले प्रधानमन्त्रीसँग छलफल गरेर गृहमन्त्रीलाई जिम्मेवारी दिएको बताउनु भयो।

    बिहान एक चरणमा छलफल भइसकेकाले आजै बेलुका अर्को चरणमा छलफल हुने उहाँको भनाई छ। उहाँले अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्नेगरी जानेसमेत बताउनु भयो ।

    उहाँले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भयो। शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने भन्दै मागअनुसार सहमति कार्यान्वनयमा सरकार पछि नहट्नेसमेत उहाँको भनाई छ।


    बिहिवार, आश्विन ४ २०८००४:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij