काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । केहि बेर अगाडीबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको काँग्रेस सचिवालय ले जानकारी दिएको छ । बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसिरहेको छ।
बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । काँग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।