Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारीसहित ८ जना नेताहरु कांग्रेस केन्द्रीय सदस्यमा थप, यी हुन् मनोनित हुने नेताहरु

चन्द्र भण्डारीसहित ८ जना नेताहरु कांग्रेस केन्द्रीय सदस्यमा थप, यी हुन् मनोनित हुने नेताहरु

  • बिहिवार, आश्विन ४ २०८०

  • 1.2K
    SHARES

  • चन्द्र भण्डारीसहित ८ जना नेताहरु कांग्रेस केन्द्रीय सदस्यमा थप, यी हुन् मनोनित हुने नेताहरु

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेता डा. चन्द्र भण्डारीसहित ८ जनालाई मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले आज १४ औं महाधिवेशनमा उपसभापति पदमा पराजित गुल्मीका भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा मनोनित गर्नु भएको हो ।

    मनोनित हुनेमा भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । १४ औ महाधिवेशनमा भण्डारी उपसभापतिमा र विश्वकर्माले सहमहामन्त्रीमा पराजित हुनु भएको थियो । जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य तथा किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

    रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति रहनु भएको थियो । सभापति देउवाले कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय समितिमा मनोनित गर्नुभएको हो ।


    बिहिवार, आश्विन ४ २०८००२:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij