Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका घोषणा, यस्तो छ भ्रमण तालिका..

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका घोषणा, यस्तो छ भ्रमण तालिका..

  • बिहिवार, आश्विन ४ २०८०

  • 554
    SHARES

  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका घोषणा, यस्तो छ भ्रमण तालिका..

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तालिका घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक तालिका घोषणा गरेको हो।

    आगामी २३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उहाँकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ।

    साथै, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ,अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

    प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेट गर्नुहुनेछ । प्रधानमन्त्रीले बेइजिङमा रहेको नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री २३ सेप्टेम्बरमा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ। उहाँले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नुहुनेछ।


    बिहिवार, आश्विन ४ २०८००२:३५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij