Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा पनि कुटिए स्वास्थ्यकर्मी

कञ्चनपुरमा पनि कुटिए स्वास्थ्यकर्मी

  • बुधवार, आश्विन ३ २०८०

  • 904
    SHARES

  • कञ्चनपुरमा पनि कुटिए स्वास्थ्यकर्मी

    काठमाडौं। कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मी कुटिएका छन्। हेटौंडामा दुईजना डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि कुटपिट भएको हो ।

    सोही नगरपालिकाका रामबहादुर खड्काले कुटपिट गर्दा अहेब गैरे घाइते भएको बताईको छ।यसैबीच अहेबमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै अन्य स्वास्थ्य कर्मीले आन्दोलनको घोषणा गरिएको छ।

    बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति निकाल्दै प्रहरीले पनि घटनाप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।


    बुधवार, आश्विन ३ २०८००५:३४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij