Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित, यस्तो भयो सहमती...

निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित, यस्तो भयो सहमती...

  • बुधवार, आश्विन ३ २०८०

  • 905
    SHARES

  • निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित, यस्तो भयो सहमती...

    काठमाडौं। निजि मेडिकल कलेजहरुले जारी आन्दोलन स्थगित गरेका छन्।विगत एक महिनाभन्दा लामो समयदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरूले सरकारले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछी आन्दोलन स्थगित गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरिएको छ। उनीहरूले उठान गरेका माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर रहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धर्ना स्थगित गर्न आग्रह गर्नुभएको थियो । सोही आधारमा सरकारले वार्ता समिति गठन गरेको हो ।

    स्वास्थ्यमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएसँगै माग सम्बोधनको विषयमा छलफल अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको हो। स्वास्थ्यमन्त्रीले पटकपटक धर्ना स्थगित गर्न गरेको आग्रहलाई स्वीकार गर्दै ३८ औँ दिनपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मला सापकोटाले जानकारी दिनु भयो ।


    बुधवार, आश्विन ३ २०८००५:२५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij