Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शेखरले पोखे देउवासामु आक्रोश, देउवा दिए यस्तो जवाफ...

शेखरले पोखे देउवासामु आक्रोश, देउवा दिए यस्तो जवाफ...

  • बुधवार, आश्विन ३ २०८०

  • 780
    SHARES

  • शेखरले पोखे देउवासामु आक्रोश, देउवा दिए यस्तो जवाफ...

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खबरदारी गर्न नेता डा.शेखर कोइराला धुम्बारी पुग्नु् भएको छ। आज बिहान देउवा निवास पुगेर नेता कोइरालाले सभापति देउवालाई पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै खबरदारीसहितको आक्रोश पोख्नुभएको हो ।

    पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावी दिनुभयो। हिजो आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगको छलफलमा गरिएको निर्णयअनुसार कोइरालाले आज देउवासँग कुरा गर्न उपसभापति धनराज गुरूङ र सह–महामन्त्री जीवन परियारलाई लिएर धुम्बाराही पुग्नु भएको थियो।

    महामन्त्री गगन थापा र सह–महामन्त्री बद्री पाण्डे बिपी साहित्य महोत्सवमा व्यस्त भएपछी अन्य नेताहरुलाई साथमा लिएर नेता कोइराला देउवा निवास पुग्नु भएको हो । भेटमा पाटीर्मा एकलौटी निर्णय हुने गरेको, विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

    प्रदेशमा सरकार निर्माण र मन्त्री पठाउँदा एकलौटी गरेकोमा कोइरालाको असन्तुष्टी थियो। कोइरालाले नेतृत्वको गलत निर्णयले कोशी प्रदेशमामा कांग्रेसको शीर निहुरीको आरोप लगाउँदै कोइरालाले आफ्ना कुराहरुको सुनुवाइ नभएको भन्दै आक्रोश पोख्नुभयो। जवाफमा सभापति देउवाले सबैलाई समेटेर अघि बढ्न तयार रहेको जवाफ दिनुभयो ।


    बुधवार, आश्विन ३ २०८००४:५१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij