Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारले बोलाएको वार्ता शिक्षक महासंघद्वारा वहिस्कार

सरकारले बोलाएको वार्ता शिक्षक महासंघद्वारा वहिस्कार

  • मंगलवार, आश्विन २ २०८०

  • 481
    SHARES

  • सरकारले बोलाएको वार्ता शिक्षक महासंघद्वारा वहिस्कार

    काठमाडौं। शिक्षा विधेयकका विरुद्धमा आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो तीन बजेका लागि वार्तामा बोलाएको थियो। तर, शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ।

    महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन्।त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आउने क्रम जारी रहेको महासंघले जनाएको छ।

    पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर,विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ।महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ।जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन्।

    सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरेर महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ। तर, महासंघले प्रधानमन्त्रीले बोलाएको वार्तामा मात्र जाने र शिक्षामन्त्रीसँग वार्ता नगर्ने भन्दै वार्ताको आह्वान बहिस्कार गरेको छ।


    मंगलवार, आश्विन २ २०८००२:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij