Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काम गरौं फलको आस नगरौं : महामन्त्री गगन थापा

काम गरौं फलको आस नगरौं : महामन्त्री गगन थापा

  • मंगलवार, आश्विन २ २०८०

  • 353
    SHARES

  • काम गरौं फलको आस नगरौं : महामन्त्री गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य गगन थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनु भएको छ।

    आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले जिन्दगीको सबैभन्दा ठुलो कुरा भनेको खुसी कसरी हुने भन्ने रहेको भन्दै प्रतिफलको भन्दा पनि सफलताको भोक राख्नु्पर्ने बताउनु भयो ।

    थापाले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताउनु भयो।

    उहाँले सांसदहरूलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौँ पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको टिप्पणी गर्नुभयो ।

    महामन्त्री थापाले इमानदारिताका साथ काम गर्न र फलको आस नगर्न विद्यार्थीलाई आग्रहसमेत गर्नुभयो ।

     


    मंगलवार, आश्विन २ २०८००२:२७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij