Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

विश्वप्रकाश शर्मा र प्रदीप पौडेलद्वारा कोइराला समूहको बैठक अस्विकार

विश्वप्रकाश शर्मा र प्रदीप पौडेलद्वारा कोइराला समूहको बैठक अस्विकार

  • मंगलवार, आश्विन २ २०८०

  • 479
    SHARES

  • विश्वप्रकाश शर्मा र प्रदीप पौडेलद्वारा कोइराला समूहको बैठक अस्विकार

    काठमाडौं। नेपाली कांग्रेसको सस्थापन इतर समुहको बैठक आज बस्दैछ।नेता डा. शेखर कोइरालाले बोलाएको गुटको बैठक दिउँसो २ बस्ने तयारी छ।उत्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य पौडेल सहभागी नहुने भएका छन्।

    कोइरालाले आफ्नो सम्पर्क कार्यालयमा बोलाएको आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठकमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई पहिलो पटक आमन्त्रण गर्नुभएको थियो।

    महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेल औपचारिक ‘इन्ट्री’ गरेका छैनन्। १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएर पराजय भोग्नु भएको थियो।

    यद्यपी संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए। तर, महामन्त्री शर्मा र पौडेल आजको इतर पक्षको बैठकमा सहभागी नहुने निकट स्रोतले जानकारी दिएको छ।


    मंगलवार, आश्विन २ २०८००२:०८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij