काठमाडौं। बुटवलमा दुई समुहबिचमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्। तिलोत्तमा नगरपालिका–९ केवलानीस्थित एसजी रेष्टुरन्टमा दुई समूहबीच भएको कुटपिटमा हेटौंडाका २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको हो।
कुटपिटमा गम्भिर घाइते बनेका सुरेशसहित अन्य ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भइ कुटपिट भएको सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलापुर र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न नुवाकोटका १९ वर्षीय रोमन तामाङसहित आठजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।