Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शेखर कोइराला समूहको बैठक बस्दै

शेखर कोइराला समूहको बैठक बस्दै

  • मंगलवार, आश्विन २ २०८०

  • 471
    SHARES

  • शेखर कोइराला समूहको बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको आह्वानमा बैठक बस्दै छ । केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक कोइरालाले बोलाउनुभएको हो ।

    कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

    १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

     


    मंगलवार, आश्विन २ २०८००७:०३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij