Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आज, दर खाने प्रचलनमा विकृति उत्तिकै, आपसमा सुख दुःख साँटिदै(खासखबर)

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आज, दर खाने प्रचलनमा विकृति उत्तिकै, आपसमा सुख दुःख साँटिदै(खासखबर)

  • सोमवार, आश्विन १ २०८०

  • 685
    SHARES

  • हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आज, दर खाने प्रचलनमा विकृति उत्तिकै, आपसमा सुख दुःख साँटिदै(खासखबर)

    काठमाडौं। हरितालिका तीज हिन्दु नेपाली नारीहरुको महान श्रद्धाको पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँदैछन् । गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीजकै अङ्गको रूपमा लिइन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन ।

    जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् ।

    विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ ।

    यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र माओवादी केन्द्रकी नेतृ रेणु दाहालका अनुसार तीजलाई तडकभडक भन्दा पनि आस्थाका रुपमा मनाउन आवश्यक छ ।

    नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । नेपालीका हरेक पर्वको आआफ्नै महत्व रहेको छ । जसले सामाजिक सहिष्णुतालाई बलियो बनाएर राखेका छन् । दिदीबहिनीहरु एकठाउँमा जम्मा भएर दुःख, सुख पोख्ने पर्वको मौलिकता जोगाइराख्न सबै पक्ष चनाखो बन्न जरुरी छ । दर खाने नाममा हुने गरेका विकृतिलाई निरुत्साहित पार्नु आजको प्रमुख आवश्यकता हो ।


    सोमवार, आश्विन १ २०८००८:२५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij