काठमाडौं। नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रोकेको बीपी साहित्य महोत्सव असोज ३ गते संबिधान दिवसका दिन गर्ने भएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय गरेको बताउनु भयो।
उहाँका अनुसार भाद्र २६ गते स्थगित भएको अन्तिम दिनको कार्यक्रम पर्सि संविधान दिवसका दिन विहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार भदौ २४ देखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सव आयोजना गरेको थियो।
अन्तिम दिनको कार्यक्रममा सहभागीका लागि राजनीतिक दल नेता,लेखक,साहित्यकार,बुद्धिजीवि,अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्णमा अनुरोध गरेको छ।