Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आममाफी दिने सरकारको लिस्टमा राष्ट्रपति कार्यालयको असहमती

आममाफी दिने सरकारको लिस्टमा राष्ट्रपति कार्यालयको असहमती

  • आइतवार, भाद्र ३१ २०८०

  • 784
    SHARES

  • आममाफी दिने सरकारको लिस्टमा राष्ट्रपति कार्यालयको असहमती

    काठमाडौं। संविधान दिवसको अवसरमा कैद सजाय मिनाहाका लागी सरकारले तयार पारेको लिस्टमा राष्ट्रपति कार्यालयले असहमती जनाएको छ। गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाइदिएको छ।

    कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृह मन्त्रालयमै पठाएको हो। राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ।

    राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ। गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।


    आइतवार, भाद्र ३१ २०८००२:५८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij