Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संविधान दिवसमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयले जनायो असहमति

संविधान दिवसमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयले जनायो असहमति

  • आइतवार, भाद्र ३१ २०८०

  • 347
    SHARES

  • संविधान दिवसमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयले जनायो असहमति

    काठमाडौं । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ ।

    कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो ।

    राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ ।

    गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।


    आइतवार, भाद्र ३१ २०८०११:५४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij