Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरिने,अमेरिकाबाटै चिन जाँदै(खासखबर)

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरिने,अमेरिकाबाटै चिन जाँदै(खासखबर)

  • शनिवार, भाद्र ३० २०८०

  • 448
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरिने,अमेरिकाबाटै चिन जाँदै(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्नुभएको छ । सेप्टेम्बर १८ देखि २६ सम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अमेरिका प्रस्थान गर्नुभएको हो ।प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको विमानबाट न्यूयोर्क प्रस्थान गर्नुभएको हो ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ । प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै प्रधानमन्त्री १९ सेप्टेम्बरमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड भ्रमणमा निस्किनु अघि आज माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

    नेकपा एमालेका नेता रघुजी पन्तले बीआरआइ सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताउनुहुन्छ । नेता पन्तले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा सिधै नेपालबाट गएको भए सकारात्मक सन्देश जाने प्रतिकृया पनि दिनुभयो।

    नेपाली कांग्रेसले प्रधानमन्त्रीले दुवै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताउनुभयो ।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौं भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको माओवादी केन्द्रको भनाई छ । जसपा नेता तथा पूर्वमन्त्री प्रदीप यादव प्रधानमन्त्रीको भ्रमण फलदायी हुनेमा विश्वस्त हुनुहुन्छ । उहाँले बीआरआइवारे सरकारले चीनसंग स्पष्ट पार्नुपर्नेमा जोड दिनुभएको छ ।

    न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

    प्रधानमन्त्री प्रचण्ड महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारले बताएको छ ।

     


    शनिवार, भाद्र ३० २०८००८:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij