Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

  • शनिवार, भाद्र ३० २०८०

  • 459
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज साँझ कतार एयरलाइन्सको विमानमार्फत अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो ।

    उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मंगलबार उहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।

     


    शनिवार, भाद्र ३० २०८००७:१३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij