Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘म अझै २० वर्ष सक्रिय रहन्छु’ – केपी ओली

‘म अझै २० वर्ष सक्रिय रहन्छु’ – केपी ओली

  • शनिवार, भाद्र ३० २०८०

  • 581
    SHARES

  • ‘म अझै २० वर्ष सक्रिय रहन्छु’ – केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भएको छ।आज आयोजित‘बा सँग बालबालिका’ कार्यक्रममा बालबालिकाहरुका प्रश्नको जवाफ दिदैं उहाँले आँफु अझै २० वर्ष सक्रिय रहने तर, सक्रिय रहेकै बेला नेतृत्व भने हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो।

    उहाँले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा पनि गर्नुभयो।

    तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने चाहनुहुन्छ भन्ने बालबालिकाको प्रश्नमा ओलीले भन्नुभयो, ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन। म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु। म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।’

    ओलीले यसबीचमै नेतृत्वमा नयाँ व्यक्तिलाई ल्याएर सहयोग गर्नेसमेत बताउनु भयो ।


    शनिवार, भाद्र ३० २०८००४:४२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij