Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

युवाको भविष्य नसोचेसम्म देशमा परिवर्तन सम्भव रहेनछः प्रधानमन्त्री प्रचण्ड

युवाको भविष्य नसोचेसम्म देशमा परिवर्तन सम्भव रहेनछः प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, भाद्र ३० २०८०

  • 470
    SHARES

  • युवाको भविष्य नसोचेसम्म देशमा परिवर्तन सम्भव रहेनछः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका लाखौं नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको बताउनु भएको हो ।

    उहाँले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको भन्दै युवामा रहेको ज्ञान, सीप,दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनु भयो।

    दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णाधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको उहाँको जिकिर छ।


    शनिवार, भाद्र ३० २०८००४:१८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij