कठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतलनीवासमा आज दुइ जनाबिच भेटवार्ता भएको हो।
भेटवार्तामा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
साथै सो भेटघाटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे अमेरिका भ्रमणका लागी न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ।