Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तिनकुने सामुहिक हत्याकाण्ड : छानबिन गर्न अनुसन्धान समिति गठन

तिनकुने सामुहिक हत्याकाण्ड : छानबिन गर्न अनुसन्धान समिति गठन

  • शनिवार, भाद्र ३० २०८०

  • 1.4K
    SHARES

  • तिनकुने सामुहिक हत्याकाण्ड : छानबिन गर्न अनुसन्धान समिति गठन

    काठमाडौं।गएराति काठमाडौंको तीनकुनेमा भएको सामुहिक हत्याकाण्डको छानबिन गर्न अनुसन्धान समिति गठन गरिएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको प्रहरीले जानकारी दिएको छ।

    उक्त अनुसन्धान समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र के.सी. रहेका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले जानकारी दिनुभयो।

    घटनाको सम्बन्धमा अनुसन्धान गर्दा आवश्यक सबै बिधीको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थापाले बताउनु भयो।गएराति तिनकुने गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा कार्यरत कुमार भुजेलको परिवारका तीनजना सहित चार जनाको हत्या गरिएको अबस्थामा शव फेला परेको थियो।

    प्रहरीका अनुसार दोलखाका ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको शव फेला परेको हो।उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ।प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ।

     


    शनिवार, भाद्र ३० २०८००१:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij