Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

  • बिहिवार, भाद्र २८ २०८०

  • 275
    SHARES

  • सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

    काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बीचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ ।

    कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ ।

    त्यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताउनुभयो ।


    बिहिवार, भाद्र २८ २०८००२:१४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij