काठमाडौं। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ। आज अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबीले चिनियाँ समूहले थप ठुलो मात्रामा सुन तस्करी गरेको फेला पारेको हो ।
यस्तै सीआईबीले अरु सामानमा लुकाएर ल्याएको सुनबारे भने अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ। ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज पत्रकार सम्मेलनमा ५० जनालाई प्रतिवादी बनाइएको पनि जनाएको छ।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो। गोदामहरुमा छापा मार्दा अन्य समयमा पनि यसरी सुन तस्करी हुने गरेको खुलेको थियो।
त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।