Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सांसद खड्कालाई डेंगु संक्रमण पुष्टी, भेटघाट पुर्ण रुपमा बन्द

कांग्रेस सांसद खड्कालाई डेंगु संक्रमण पुष्टी, भेटघाट पुर्ण रुपमा बन्द

  • बुधवार, भाद्र २७ २०८०

  • 1.4K
    SHARES

  • कांग्रेस सांसद खड्कालाई डेंगु संक्रमण पुष्टी, भेटघाट पुर्ण रुपमा बन्द

    काठमाडौं। प्रतिनिधी सभा सदस्य एवं नेपाली कांग्रेस नेता दिपक खड्कालाई डेंगु संक्रमण पुष्टी भएको छ। डेंगु संक्रमण भएपछी हाल उहाँलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। खड्काको उपचारमा साथमै रहनुभएका सहयोगी सेवक पोखरेलका अनुसार उहाको स्वास्थ्य अबस्था अहिले सामान्य रहेको छ ।

    नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापतिसमेत रहनु भएका सांसद खड्काको स्वास्थ्य परिक्षणको सम्पुर्ण रिपोर्टहरु सामान्य रहेपनि ज्वरो निरन्तर रहिरहेको र प्लेटीलेट्स स्थिर नरहेको कारण बाहिरी भेटघाट भने बन्द गरिएको पोखरेलले जानकारी दिनुभयो ।

    उपचारमा संलग्न चिकित्सकको परामर्शअनुसार विरामीलाई ईन्फेक्सन हुन सक्ने र विरामीले सकेसम्म धेरै आराम गर्नु पर्ने भएकोले आज र भोली भेटघाटलाई भने पुर्ण रुपमा वन्द गरिएको उहाँको भनाइ छ ।

    स्वास्थ्यमा समस्या आएपछी गत भदौ २२ गते अस्पताल भर्ना गरेपछी स्वास्थ्य परिक्षण गर्दा खड्कालाई डेंगु संक्रमणको पुष्टी भएको थियो ।

     


    बुधवार, भाद्र २७ २०८००१:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij