Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

  • मंगलवार, भाद्र २६ २०८०

  • 316
    SHARES

  • सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

    काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको शव आज र भोलि एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

    श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताउनुभयो ।

    पूर्वसभामुख समेत रहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

    उहाँको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

     


    मंगलवार, भाद्र २६ २०८००६:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij