Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएको छु: राष्ट्रपति पौडेल

सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएको छु: राष्ट्रपति पौडेल

  • मंगलवार, भाद्र २६ २०८०

  • 757
    SHARES

  • सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध भएको छु: राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको असमायिक र अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।

    ”दुःखको यस घडिमा स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु” सम्माननीय राष्ट्रपति पौडेलले आफ्नो समवेदना सन्देशमा भन्नुभएको छ

    यो पनि, नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

    हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।


    मंगलवार, भाद्र २६ २०८००६:११:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij