Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

  • मंगलवार, भाद्र २६ २०८०

  • 715
    SHARES

  • एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

    काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङको निधन भएको हो ।

    बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

    निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

     


    मंगलवार, भाद्र २६ २०८००६:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij