Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

लेखेर राख्नुस,सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

लेखेर राख्नुस,सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, भाद्र २५ २०८०

  • 534
    SHARES

  • लेखेर राख्नुस,सत्ता गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने ठोकुवा गर्नुभएको छ । आज समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न विराटनगर पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलबिचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनु भएको हो ।

    विराटनगर विमानस्थलमा पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाहिर देखिए र हल्ला गरिएजस्तो गठबन्धनमा कुनै पनि समस्या नरहेको दावी गर्नुभयो ।

    समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित मोर्चामा सहभागी नेताहरू पनि विराटनगर पुगेका छन् ।

    मोर्चामा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आबद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सो सभाको आयोजना गरेको हो।


    सोमवार, भाद्र २५ २०८००५:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij