Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

अबको ४ वर्षमा निजगढ विमानस्थल बनिसक्छः अर्थमन्त्री डा.महत

अबको ४ वर्षमा निजगढ विमानस्थल बनिसक्छः अर्थमन्त्री डा.महत

  • सोमवार, भाद्र २५ २०८०

  • 646
    SHARES

  • अबको ४ वर्षमा निजगढ विमानस्थल बनिसक्छः अर्थमन्त्री डा.महत

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अबको ४ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने बताउनु भएको छ । आज ११० औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने भन्दै सोहिअनुसार अगाडी बढेको बताउनु भएको हो ।

    उहाँले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताउनु भयो।

    उहाँले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताउनुभयो।

    मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताउनुभयो। अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनुभयो ।


    सोमवार, भाद्र २५ २०८००५:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij