Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकार आफैँले आतंककारी क्रियाकलाप गरिरहेको छ : केपी ओली

सरकार आफैँले आतंककारी क्रियाकलाप गरिरहेको छ : केपी ओली

  • सोमवार, भाद्र २५ २०८०

  • 611
    SHARES

  • सरकार आफैँले आतंककारी क्रियाकलाप गरिरहेको छ : केपी ओली

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलाप गरिरहेको आरोप लगाउनु भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकार आँफैले आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको हो ।

    अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताउनु भयो।

    आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको ? भनि प्रश्न समेत गर्नुभयो।

    अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताउनु भयो।


    सोमवार, भाद्र २५ २०८००५:२१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij