Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने

  • सोमवार, भाद्र २५ २०८०

  • 1.0K
    SHARES

  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
    काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् ।  सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।
     
    सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा छ ।
     
    उनीहरूले हिजो तीन घण्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नभए पुनः अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले जानकारी गराएका छन् ।
     
    झण्डै ६१ केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरूलाई धमाधम पक्राउ गरेर आतङ्कित बनाएको उनीहरूको आरोप छ । भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यही भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर,आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाइ नभएपछि आइतबारबाट उनीहरू आन्दोलनमा उत्रेका हुन्। 
     


    सोमवार, भाद्र २५ २०८००७:०५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij