Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका संस्थापक बीपी कोइरालाको ११० औँ जन्मजयन्ती,विभिन्न कार्यक्रम गरी मनाइँयो,कांग्रेसले बीपीको बाटो छोड्दै(खासखबर)

कांग्रेसका संस्थापक बीपी कोइरालाको ११० औँ जन्मजयन्ती,विभिन्न कार्यक्रम गरी मनाइँयो,कांग्रेसले बीपीको बाटो छोड्दै(खासखबर)

  • आइतवार, भाद्र २४ २०८०

  • 518
    SHARES

  • कांग्रेसका संस्थापक बीपी कोइरालाको ११० औँ जन्मजयन्ती,विभिन्न कार्यक्रम गरी मनाइँयो,कांग्रेसले बीपीको बाटो छोड्दै(खासखबर)

    काठमाडौं। नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज ११० औँ जन्मजयन्ती नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । बीपीको जन्म १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । बीपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ नेपाली, हिन्दी भाषाका साहित्यकार पनि हुनुहुन्थ्यो ।

    उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । उहाँका पिता कृष्णप्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो । त्यसैले सानैदेखि बिपीमा राजनीतिक छाप पर्दै गयो ।

    बिपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट शुरु भएको थियो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उहाँका भाई मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद ग¥यो । यसपछि नै उहाँको राजनीतिक जीवनको शुरुवात भयो ।

    अहिले पनि नेपाली समाजमा बीपीलाई राजनीतिको आदर्श पात्रका रुपमा हेर्ने गरिन्छ । कांग्रेस नेता नारायण खड्काका अनुसार तत्कालीन समय विश्वमा भइरहेको शीतयुद्धबाट बाहिर रहन बीपीले अघि सारेको असंलग्न परराष्ट्र नीतिलाई ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ ।

    राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा बीपीले पु¥याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको पाइन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बीपी कोइराला हरेक क्षेत्रमा बहुआयामिक व्यक्तित्व रहेको बताउनुभयो । तर, कांग्रेसले त्यो बाटो बिर्सिदै गएको उहाँको भनाइ छ ।

    आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्य आकाशमा पनि शीर्ष स्थानमा रहनुभएको छ । बीपीको कर्मले हरेक विधामा उहाँको नाम अमर रहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भनाइ छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा समाजवादको स्थापनाका लागि बीपीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । अहिले सबै दलको सहकार्यमा समाजवादलाई मलजल गर्ने कार्य भएको उहाँको भनाइ छ ।

    वि.सं. २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।


    आइतवार, भाद्र २४ २०८००८:२६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij