Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कोशीमा बजेट शून्यको अवस्था सकियो

कोशीमा बजेट शून्यको अवस्था सकियो

  • आइतवार, भाद्र २४ २०८०

  • 686
    SHARES

  • कोशीमा बजेट शून्यको अवस्था सकियो

    काठमाडौं।कोशी प्रदेशमा बजेट शून्यको अवस्था सकिएको छ। सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएसँगै बजेट शुन्यको अबस्था सकिएको हो। पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याउनुभएको हो।

    सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गर्नुभएको हो। मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बसेको बैठकबाट अध्यादेश ल्याउने निर्णय गर्नुभएको थियो।

    यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो।अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । आज अध्यादेश जारी गरिएसँगै बजेट शून्यको अवस्था सकिएको हो।


    आइतवार, भाद्र २४ २०८००२:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij