Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु

दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु

  • आइतवार, भाद्र २४ २०८०

  • 646
    SHARES

  • दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु

    काठमाडौं । दलहरुबीच सहमति जुटेपछि बागमती प्रदेशसभा बैठक सुरु भएको छ ।

    सभामुखको पहलमा बसेको सर्वदलीय बैठकले दिउँसो पौने १२ः४५ बस्ने सहमति जुटाएसँगै बैठक सुरु भएको हो ।

    सरकारले प्रतिपक्षी दलहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बैठक चल्न नदिने अडान राख्दै आएका थिए ।

    गत असार २१ गते आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । २ महिनापछि गत भदौ १८ गते बोलाइएको बैठक पटक पटक स्थगित भएपछि आज सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।

    आजको बैठकमा ४ वटा विधेयक पेश हुनेछन् । शून्य समयको कार्यक्रम समेत रहने बताइएको छ ।


    आइतवार, भाद्र २४ २०८००१:३८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij