Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु कमजोरी भयो : देउवा

बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु कमजोरी भयो : देउवा

  • आइतवार, भाद्र २४ २०८०

  • 461
    SHARES

  • बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु कमजोरी भयो : देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताउनु भएको छ। यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो।

    बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो धारणा राख्नु भएको हो ।

    मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उहाँले भन्नुभयो,‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं ।’ तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताउनुभयो।

    आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उहाँले बताउनुभयो। निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भन्नुभयो, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’

    सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताउनुभयो।


    आइतवार, भाद्र २४ २०८०१२:३८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij