काठमाडौं । । नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस्तै आजैदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा आजदेखि पर्सी २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।
केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवको उद्घाटन बिहान ९ बजे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।
उहाँका साहित्य, राजनीति, दर्शन, कुटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ ।