Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कोशीमा उपचिर्वाचन भए हामी तेब्बर सिट ल्याउँछौँ : माधव नेपाल

कोशीमा उपचिर्वाचन भए हामी तेब्बर सिट ल्याउँछौँ : माधव नेपाल

  • शनिवार, भाद्र २३ २०८०

  • 450
    SHARES

  • कोशीमा उपचिर्वाचन भए हामी तेब्बर सिट ल्याउँछौँ : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनुभयो । उहाँले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्ने पक्षमा आफू रहेको दाबी गर्नुभयो ।

    अध्यक्ष नेपालले मध्यावधि चुनावमा नगइ सहमतिको सरकार गठन गर्न सकेमा प्रदेशको लागि पनि राम्रो हुने सुझाव व्यक्त गर्नुभयो ।


    शनिवार, भाद्र २३ २०८००३:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij