Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलकै भातृसंगठनबाटै गृहमन्त्रीको राजिनामाको दबाव,गृहमन्त्रीको प्रतिवाद,भ्रष्टाचारी र माफियाहरु आतंकित भएको माओवादीको जिकिर(खासखबर)

सत्तारुढ दलकै भातृसंगठनबाटै गृहमन्त्रीको राजिनामाको दबाव,गृहमन्त्रीको प्रतिवाद,भ्रष्टाचारी र माफियाहरु आतंकित भएको माओवादीको जिकिर(खासखबर)

  • शुक्रवार, भाद्र २२ २०८०

  • 558
    SHARES

  • सत्तारुढ दलकै भातृसंगठनबाटै गृहमन्त्रीको राजिनामाको दबाव,गृहमन्त्रीको प्रतिवाद,भ्रष्टाचारी र माफियाहरु आतंकित भएको माओवादीको जिकिर(खासखबर)

    काठमाडौं।सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धन दल भित्रभित्रै चर्को असन्तुष्टि बढेको छ। यतिखेर राजनितिक वृतमा गृहमन्त्री फेर्ने प्रयास भइरहेको चर्चा पनि छ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा हिजो तरुण दलले मसाल जुलुश प्रर्दशन गरेको थियो ।

    यसअघि ६० किलो सुन प्रकरणका बिषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै लगातार संसद अवरोध गरेको थियो। प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको थियो। सत्तापक्षकै सांसदले गृहमन्त्रीको राजिनामा माग गरेपछि हंगामा पनि भएको थियो।

    राजिनामाको दवाव आईरहदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागि परेको दाबी गर्नभएको छ । उहाँले सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्मा गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको दाबी गर्नुहुन्छ। नक्कली भुटानी शरणार्थी, मिटरब्याजी, ललिता निवास, सुन काण्डमा गृहमन्त्रीले राम्रो काम गरेकाले हटाउन खोजेको ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

    सत्तारुढ दल नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। अब गृहमन्त्री परिवर्तन हुन लागेको हो भन्ने प्रश्नमा ढुंगानाले मन्त्रीमण्डल परिवर्तन सामान्य कुरा भएको र समय समयमा भइरहने बताउनुभयो।

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको फाइल खोलेपछि आफ्नै पार्टी भित्र र बाहिर उहाँको विरोध गर्ने र राजिनामा माग गर्नेहरु सल्बलाईरहेका छन्। सुन तस्करी प्रकरणमा श्रेष्ठकै पार्टी नेकपा माओवादीका नेता एवंम पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिइसकेको छ।

    आफ्ना मान्छेसहित दलका शीर्ष नेताहरु भ्रष्टाचार प्रकरणमा फस्न थालेपछि केही नेताहरुले गृहमन्त्रीको राजीनामाबारे आवाज उठाएको टिप्पणी आम जनमानसमा भएको छ। गृहमन्त्रीले राजिनामा दिदैमा मात्र सबै कुराको समाधान हँुदैन। त्यसैले राम्रो काम गर्छु भन्ने मन्त्रीलाई अन्य दलको दबाबमा नपरी प्रधानमन्त्री प्रचण्डले पनि साथ दिनु जरुरी छ ताकि देशमा फेरि पनि अस्थिरताको अवस्था नआओस् ।


    शुक्रवार, भाद्र २२ २०८००८:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij