काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरेको छ। पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले आज गरेको विरोध प्रदर्शनमा उनको राजिनामा माग गरेको हो।
तरुण दलका पूर्वअध्यक्ष समेत रहनु भएका यादवलाई गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो। उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो।
तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो।सोहि अनुसार आज विरोध प्रदर्शन गरिएको हो। आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । यादबको र।ाष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।