Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वाह्य लगानी भित्र्याउन लगानी शिखर सम्मेलन गर्दैछौं : अर्थमन्त्री डा. महत

वाह्य लगानी भित्र्याउन लगानी शिखर सम्मेलन गर्दैछौं : अर्थमन्त्री डा. महत

  • शुक्रवार, भाद्र २२ २०८०

  • 373
    SHARES

  • वाह्य लगानी भित्र्याउन लगानी शिखर सम्मेलन गर्दैछौं : अर्थमन्त्री डा. महत

    काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ। आज सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाह्य लगानी भित्र्याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने तयारी गरिएको बताउनु भएको हो।

    उहाँले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्न लागिएको बताउनु भयो। नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो।

    नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताउनु भयो।

    उहाँले भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने बताउनु भयो। अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

     


    शुक्रवार, भाद्र २२ २०८००२:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij