Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

  • बिहिवार, भाद्र २१ २०८०

  • 1.1K
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त हुनुभएको छ। 

    सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार(आज) सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । 
     
    कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतले एमालेका हिक्मतबहादुर कार्कीले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो। 
     
    योसँगै मुख्यमन्त्री थापाले दोस्रो पटक मुख्यमन्त्री पद गुमाउनुभएको छ। 


    बिहिवार, भाद्र २१ २०८००६:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij