Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कृषि क्षेत्रको अनुगमनका लागि आरजुको नेतृत्वमा एक टोली बंगलादेश  जाने

कृषि क्षेत्रको अनुगमनका लागि आरजुको नेतृत्वमा एक टोली बंगलादेश  जाने

  • बिहिवार, भाद्र २१ २०८०

  • 544
    SHARES

  • कृषि क्षेत्रको अनुगमनका लागि आरजुको नेतृत्वमा एक टोली बंगलादेश  जाने
    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा आरजु राणा बंगलादेश भ्रमणमा जानुहुने भएको छ।
     
    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बंगलादेशको कृषि क्षेत्रको अनुगमनका लागि आरजु राणा नेतृत्वको टोली जाने निर्णय गरेको हो। 
     
    भ्रमण दलमा सभापति राणाका साथै अनिशा नेपाली, अम्मरबहादुर थापा, विनीता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल जाने निर्णय भएको हो। 
     
    यस्तै समितिले केरा खेतीको उत्पादन तथा संवर्द्धन गर्न सम्बन्धमा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उपसचिव बरालले बताउनुभयो। 
     
    समितिले बाँदर, बँदेल र निल गाई जस्ता जंगली जनावरले कृषि बालीमा क्षति पुर्‍याउने र किसानहरूलाई पर्न गएको मर्काको क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रभावकारी गर्न र यसको दीर्घकालीन रुपमा समस्या समाधान गर्न आवश्यक पहल गर्ने सम्बन्धमा वन, तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।


    बिहिवार, भाद्र २१ २०८००३:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij