Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

खुकुरी प्रहार गर्ने व्यक्तिको राप्रपासँग कुनै साइनो छैन : राणा

खुकुरी प्रहार गर्ने व्यक्तिको राप्रपासँग कुनै साइनो छैन : राणा

  • बिहिवार, भाद्र २१ २०८०

  • 472
    SHARES

  • खुकुरी प्रहार गर्ने व्यक्तिको राप्रपासँग कुनै साइनो छैन : राणा

    काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताउनुभयो । कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

    महामन्त्री राणाले भन्नुभयो, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

    उहाँले दोषीलाई कारबाही गर्न समेत माग गर्नुभयो ।


    बिहिवार, भाद्र २१ २०८००२:०२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij