Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

  • बिहिवार, भाद्र २१ २०८०

  • 800
    SHARES

  • काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

    डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

    उहाँ पाँच दिनअघि अस्पताल भर्ना हुनुभएको थियो । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उहाँ नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुनुहुन्छ ।

    महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।


    बिहिवार, भाद्र २१ २०८००८:५७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij